Butwal Sandesh

Best Nepali Online Newspaper

यी ब्लड ग्रुप भएका मानिसमा कोरोनाको सं’क्रमण ब´ढी हुन्छ

Spread the love

काठमाडौ । मानिसको रगतको आधारमा कोरोना संक्र*मण कम र बढी हुने चिनियाँ अनुसन्धानले देखाएको छ । पछिल्लो अध्ययनअनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरो*नाको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम प्रभाव पार्ने देखिएको छ ।

पहिलो पटक कोरो*ना देखिएको ची नको वु हानमा गरिएको एक अध्ययनअनुसार चीनमा मृ’त्यु हुने अधिकांश मानिसहरु ए ब्लड ग्रुपका रहेका छन् ।

साउथ चा इना मर्निङ पोस्टकाअनुसार वु हानमा भाइरसका संक्र*मित हुने २०६ जनाको रगत परिक्षण गर्दा ६३ प्रतिशत ए ब्लड ग्रुपका थिए भने ५२ प्रतिशत ओ ब्लड ग्रुप भएको पाइएको छ । ओ भन्दा ब्लड ग्रुप ए भएका मानिसहरु बढी संक्र*मितपछि मृ*त्यु भएको अनुसन्धानले देखाएको छ।

ए ब्लड ग्रुप भएका मानिसहरुले संक्र*मण हुनबाट बच्‍न थप सावधानी अपनाउन पर्ने अधिकारीहरुले बताएका छन् । तर ओ ब्लड ग्रुपका मानिसहरुमा को*रोना सं*क्रमण हुने कम मात्र जो खिम रहेको जनाएका छन् ।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको ब्लड ग्रुप ओ छ भने ४१ प्रतिशतको ए छ । १ करोड १० लाख मानिस रहेको वुहानमा ब्लड गु्रप ओ भएका मानिस ३२ र ए का ३४ प्रतिशत छन् ।यो अध्यनन बेइ जिङ, वु हान, सां घाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन अझै पनि बाँकी छ ।

अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *