आजदेखि काठमाडौँका यी ४ मन्दिरमा पनि भक्तजनलाई प्रवेश नि’षेध

काठमाडौँ महानगरपालिकाले विभिन्न मन्दिरमा भक्तजनहरुलाई प्रवेश नि’षेध गरेको छ । महानगरको वडा नम्बर २२ ले संकटा मन्दिर, महाँकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर, र बटु भद्रकाली मन्दिरहरुको भक्तजनलाई प्रवेश नि’षेध गरिएको हो । महानगरले चैत्र ७ गते शुक्रबार आजदेखि लागु हुने गरी नित्यपुजा बाहेक भक्तजनलाई प्रवेश नि’षेध गर्ने निर्णय गरेको हो । को’रोनाभाइरस नियन्त्रण ब्यबस्थापनको लागि यस्तो निर्णय भएको महानगरले जनाएको छ । त्यस्तै शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना ब’न्द हुने भएको छ ।

कोराना भाइरस (कोभिड–१९) को स ङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि ब’न्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिनुभयो ।चिडियाखाना भि’डभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर ब’न्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको भनाइ छ । यसअघि सरकारले २५ जनाभन्दा धेरै व्यक्ति जम्मा नहुन सबैमा निर्देशन दिएको थियो । त्यस्तै मनकामना केबलकारमा पनि कोरोना भाइ रसको प्रभाव देखिएको छ। केबलकार व्यवस्थापन पक्षले विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार ब’न्द हुने भएको हो।

‘शनिबार देखि लागू हुनेगरी चैत मसान्तसम्म केबलकार ब’न्द गर्ने निर्णय गरिएको छ,’ ‘मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले भने। सरकारले पनि २५ जना भन्दा धेरै भि’डभाड नगर्न निर्देशन दिइसकेको छ। गोरखाको मनकामनामा रहेको मनकामना मन्दिर दर्शनको लागि मात्रै केबलकारबाट दैनिक हजारौँ यात्रुहरुले सेवा लिँदै आएका छन्। केबलकारको चेरेस स्टेशनमा व्यवस्थापन पक्षले केही दिनयता नै कोरोनाबारे सचेतना कार्यक्रमहरू गर्दै आइरहेको थियो। उता को’रोना भाइरस (को’भिड–१९) सं क्रमणबाट जोगिनका लागि चितवनमा हाटबजार ब’न्द गर्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्लाभरका हाटबजार ब’न्द गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बिहीबारदेखि नै लागू हुने गरी हाटबजार ब’न्द गर्न निर्देशन दिइएको जानकारी दिए । प्रजिअ भट्टराईले भने–‘ब’न्द गर्न भनेका छौं, आज (शुक्रबार)देखि पूर्ण रुपमा हाटबजार ब’न्द हुन्छ ।’हाटबजार सबैभन्दा धेरै भिडभा’ड हुने स्थान हो । पछिल्लो समय सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिए पनि हाटबजार तर्फ कसैको ध्यान गएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *