Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भा’इरसको कारण विदेश जान नपाएका नेपालीलाई सरकारले रोजगार दिने

Spread the love

काठमाडौं–सरकारले कोरोना भा’इरसका कारण विदेश जान नपाएका नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको सं क्रमण रोकथा‍म तथा नियन्त्रणका लागि सरकारले विदेश जाने र आउनेलाई रोकेको भन्दै काम गर्न जान नपाएकालाई रोजगारी दिने बताए ।

सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा खतिवडाले विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए ।

‘काम गर्ने चाहने व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले । उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने बताए । तर टेबुल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनको भनाइ छ ।

बुधवार सरकारले विदेशबाट आउने यात्रुलाई रोक लगाएको थियो भने यसअघि नै सरकारले श्रम स्वीकृती रोकेका कारण वैदेशिक रोजगारीका लागि जान खोज्नेहरु प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *