Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वलाइ त’हसन’हस पारिरहेको कोरोना भा’इरस, यी १८ वटा देशमा मात्र देखिन बाँकी

Spread the love

काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको सं क्रमण आजसम्म १७७ देशमा फैलिइसकेको छ । संयुक्त राष्ट्र संघ सूचीकृत १९५ देशमध्ये आज (बिहीबार) सम्म १७७ देशमा कोरोना भाइरसको सं क्रमण फैलिएको छ । आजै (बिहीबार) मात्र मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआ र एल साल्भाडोरमा पनि पहिलोपल्ट कोरोना भाइरसको सं क्रमित बि’रामी फेला परेका छन् ।

विश्वमा जम्मा २३० वटा देश छन् । तर, १९५ वटा देश मात्र संयुक्त राष्ट्र संघमा सूचीकृत छन् । संयुक्त राष्ट्र संघमा सूचीकृत १९५ देशमध्ये १७७वटामा कोरोना भाइरसको संक्रमण देखिएपछि अब कोरोनाको सं क्रमण हालसम्म पुगिनसकेको देशको संख्या १८ वटा मात्र बाँकी देखिएको छ । एल साल्भाडोरमा कोरोना भाइरस स ङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् ।

कोरोना भाइरसको सङ्क्र मण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् । सङ्क्र मणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुशरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छ ।

यस्तै मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्र मणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका छन् । कोरोना भाइरसबाट सङ्क्र मित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताएका छन् । हाल बि’रामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्र मणबाट बिहीबारसम्म विश्वभरी आठ हजार ९७० जनाको मृ त्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैगरी विश्वभरी बिहीबारसम्म दुई लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्र मित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।

अब दक्षिण–पूर्वी एशियाका देशमा कोरोना सं क्रमणको ख’तरा

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोपियन देशका भिषण म हामारीको रुप लिएको जनाएको छ । चीनपछि अहिले इटाली सबैभन्दा बढी कोरोना सं क्रमणको मा’रमा रहेको छ । इटालीमा बुधबार मात्रै ४४५ जनाले कोरोना भाइरसका कारण ज्या न गुमाएका छन् । डब्ल्युएचओले अब कोरोना भाइरसको महाभारी दक्षिण–पूर्वी एशियाका देशहरुमा देखिने भन्दै समयमै क्षति न्युनिकरणका लागि समयमै सचेत हुन चे’तावनी दिइसकेको छ । दक्षिण पूर्वी एशियाकै भारत पाकिस्तानमा कोरोना भाइरसको संक्रमणले म हामारीको रुप लिन थालिसकेको छ ।

हालसम्म भारतमा तीन जनाको कोरोना भाइरसका कारण ज्या न गएको छ । यस्तै पाकिस्तानमा आज (बिहीबार) कोरोनाबाट दुई जनाको ज्या न गएको छ । यता नेपालमा भने हालसम्म कोरोनाको एक जना सं क्रमित देखिएको भए पनि उनी निको भएर घर फर्किसकेको सरकारले जनाएको छ । नेपालमा हालसम्म पाँच सय बढीको कोरोनाको नमूना परीक्षण गरिएको भए पनि कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् हालसम्म कोरोना भाइरसकाे संक्रमण नदेखिएका १८ देश

आजसम्म उतर कोरिया, बर्मा, तुर्किमिनिस्तान, मदागास्कर, मोजाम्बिक, जिम्वावे, बोत्साना, एङ्गेला, दक्षिण सुडान, चाड, लिविया, नाइजर, माली, यमन, सिरिया, किर्गिस्तान, पपुवान्यूगिनी र भ्याटिकनसिटीलगायतका देशमा कोरोना सं क्रमणका बि’रामी फेला परेका छैनन् । यी देशले हालसम्म आफ्नो देशमा कोरोना भाइरस सं क्रमित बि’रामी भेटिएको औपचारिक जानकारी दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *