Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वभर कोरोनाबाट मृ त्यु हुनेको संख्या ८७८९, इटालीमा मात्रै २९७८

Spread the love

एजेन्सी /कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट विश्वभरी संक्र मित हुनेको संख्या २ लाख १२ हजार ८७० पुगेको छ भने मृ त्यु हुनेको संख्या ८,७८९ पुगेको छ ।

यूरोप समेत विश्वका प्रभावित देशको सडक सुनसान भएको छ र अवस्था कफ्र्यू लागेको जस्तो देखिएको छ । चीनपछि यूरोपमा सबैभन्दा धेरै कोरोनाको असर परेको छ । यूरोपमा कोरोना सं क्र मणबाट सबैभन्दा धेरै मृ त्यु इटालीमा भएको पाइएको छ । अमेरिकामा कोरोनाबाट थप २६ जनाको मृ त्यु भएपछि मृ त्यु हुनेको संख्या ११७ पुगेको छ ।

इटालीमा मृ त्यु हुनेको संख्या २५०० भन्दा बढी

वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा बढी असर इटालीमा परेको छ । विगत २४ घन्टामा इटालीमा ४७५ को मृ त्यु भएको छ र इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९७८ पुगेको छ ।

चीन बाहिर कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । यसका साथै ३५२६ नयाँ बिरामी देखिएका छन् । यो सहित इटालीमा कोरोना भाइरसबाट सं क्रमित हुनेको संख्या ३५ हजार ७१३ पुगेको छ ।

स्पेनमा एक दिनमा १९१ को मृ त्यु

इरानमा कोरोनाबाट थप १४७ को मृ त्यु भएको छ । यो सहित इरानमा कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या ११३५ पुगेको छ । यो बि मारीको चपेटामा आउनेको संख्या १७३९१ पुगेको छ ।

इरानका अतिरिक्त स्पेनमा विगत २४ घन्टाको अवधिमा ९१ मानिसको मृ त्यु भएको छ र यो सहित कुल संख्या ६२३ पुगेको छ । स्पेनमा हालसम्मि १३९१० मानिस सं क्र मित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *