Butwal Sandesh

Best Nepali Online Newspaper

अत्यन्तै जरुरि समाचार: बिदेशमा हुनुहुन्छ र घर जानलाई अग्रिम टिकेट गरि बस्नु भएको छ भने यो समाचार पढ्नुहोस। १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान रोकिने

Spread the love

काठमाडौँ — सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ ।

कोभिड–१९ सं,क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्र’तिबन्ध लगाएपछि उडान रोकिन लागेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रति’बन्ध लगाउने निर्णय गरेको छ ।

आवागमनमा सरकारले दोस्रोपटक गरेको क’डाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् ।

सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन । अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन् । हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन् ।

त्यस्तै चीनबाट आउने एयरलाइन्सलाई पनि यो निर्णयले रोकेको छैन । हाल चीनको ग्वाङजाउबाट चाइना साउर्दन, कुनमिङबाट चाइना इस्टर्न, छेन्दुबाट एयर चाइनाले नियमित नभई निश्चित दिन तोकेर उडान गर्दै आएका छन् । सरकारको यो निर्णयले नेपालको हिमालय एयरलायन्सले यात्रु अभावकै कारण तत्काल कतै पनि उडान गर्न सक्ने छैन ।

कोरोनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आगमन हरेक दिन घट्ने क्रममा छ । मंगलबार १ सय ६० जना विदेशी र २ हजार ९ सय ४ नेपाली विदेशबाट आएका थिए भने काठमाडौंबाट १ हजार ७ सय ५५ विदेशी र १ हजार ७ सय ६८ नेपाली बाहिर गएका थिए । सामान्य अवस्थामा दैनिक १ सय १६ सम्म अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा दैनिक कम्तीमा १५ हजार अन्तर्राष्ट्रिय यात्रुहरूको ओहोरदोहोर हुन्थ्यो । प्राधिकरणका अनुसार, २९ वटा एयरलाइन्समध्ये हाल १६ वटाले २२ वटा गन्तव्यमा तालिकाअनुसार उडान गरिरहेका छैनन् ।

अन्तर्राष्ट्रिय एयरलाइन्स तथा तिनका उडानमा शनिबारदेखि कटौती हुने भएपछि २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल सञ्चालनको समय पनि हेरफेर गर्नेबारे छलफल सुरु भएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *