मोफसलकै पहिलो ठुलो अवार्ड पूर्वेली म्युजिक अवार्डमा विदेशबाट समेत भाेट गर्न सकिने, यसरी गर्नुहोस् भोट
इटहरी । पूर्वेली म्युजिक अवार्डमा बिदेशबाट समेत भाेट गर्न सकिने भएकाे छ । मोफसलमै पहिलो पटक पूर्वेली लोक भाका तथा विभिन्न भाषाभाषीको गीत संगित सहितका सर्वाधिक धेरै २० वटा विधामा अवार्ड प्रदान गरिने पूर्वेली म्युजिक अवार्डमा बिदेशबाट समेत भाेट गर्न सकिने आयोजकले जानकारी दिएको हो ।
अवार्डका लागि २० वटा बिधामा मनोनयनमा परेका १ सय वटा गीतहरुमध्ये उत्कृष्ट ५ मा परेका गीतहरूमा भोटिङ गर्नका लागि गत बुधबार (फाल्गुण २८) बाट नै भोटिङ राउण्ड शुरु भइ सकेकाे छ ।
बिदेशमा रहनुभएका नेपाली संगित प्रेमीहरू सबै लाइ भाेटिङ गर्न सहज हाेस् भनी विदेशबाट समेत भाेटिङ गर्न सकिने व्यवस्था मिलाइएकाे कार्यक्रम आयोजक पूर्वेली मिडिया नेटवर्क प्रा.लिका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले बताउनुभयाे ।
भाेटिङका लागि खल्ती एप डाउनलोड गर्नुपर्ने हुन्छ । माेवाइल प्रयाेगकर्ताले प्ले स्टाेरबाट खल्ती एप डाउनलाेड गर्न सक्नुहुन्छ भने डेस्कटप वा ल्यापटप प्रयाेगकर्ताले khalti.com मा गएर अकाउन्ट बनाउन सक्नुहुनेछ । अकाउन्ट बनाउन नेपाली नम्बर प्रयाेग गर्नु पर्ने हुन्छ । नेपाली नम्बरबाट अकाउन्ट बनाउँदा साेहि नम्बरमा भेरिफिकेसन काेड आउछ । साे भेरिफिकेसन काेड भेरिफाइ भइ सकेपछि मात्र तपाँइकाे खल्ती एप सुचारू हुन्छ । तसर्थ नेपालमा रहेका आफन्त संग समन्वय गरेर खल्ती अकाउन्ट बनाउनु आयोजकले आग्रह गरेका छन् ।
एकाउन्ट बनी सके पछि हाेम पेजमा रहेकाे लाेड फन्डकाे आइकनमा क्लिक गर्नुहाेस् । बिदेशमा रहनुहुने हरूका लागी त्यस पछि इन्टरनेशनलमा किल्क गरेर बैंक एकाउन्टमा रहेकाे रकम खल्ती एपमा जम्मा गर्न सकिने छ । त्यस पछि भिसा / मास्टर / ए एम इ एक्स कार्ड भन्ने आइकनमा गइ इन्टरनेस्नल भन्ने अप्सन मार्फत रकम लाेड गर्न सक्नुहुनेछ । याे प्रक्रियाबाट जम्मा गरेकाे रकमबाट उत्कृष्ट ५ मा परेका तपाइलाइ मन परेकाे कुनै पनि गीतहरूमा भाेट गर्न सकिने छ ।