Butwal Sandesh

Best Nepali Online Newspaper

कोराना भाइरस फैलिन नदिन यि देशले अपनाए यस्ता उपाय

Spread the love

कोरोना भाइरसको सं क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न देशले फरकफरक उपाय अपनाएका छन् ।

साउदी अरब र संयुक्त अरब इमरेट्स (युएई) ले चलचित्रहरु बन्द गराएका छन् । साउदी अरबका अधिकारीहरुले कम्तीमा दुई हप्ताका लागि चलचित्र हलहरु बन्द भएको घोषणा गरेका हुन् । साउदी अरबमा अहिलेसम्म ११८ जनामा कोरोना भाइरसका स ङ्क्रमण देखिएको छ ।

यसैगरी युएईका अनुसार चलचित्रसहित धेरै भीड हुने ठाउँहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । उनीहरूले सामाजिक सञ्जाल ट्वाटरमार्फत नाटक घर, खेलमैदान विद्युतीयमाध्यमबाट खेलिने मनोरञ्जन केन्द्र, फिटनेस तथा जीम खाना र स्पा गराउनेलगायत बन्द गर्न लगाएको जनाएका छन् ।

यो निर्णय कम्तीमा मार्च महिनाभरि लागू हुने अधिकारीहरु जानकारी दिका छन् । यसै गरी भारतको श्रीनगरमा सार्वजनिक तथा निजी बगैँचा र पार्कहरु बन्द गर्न लगाइएको छ । स्थानीय एक सरकारी अधिकारीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यहीँ निर्णय लागू हुन जनाएका छन् । श्रीनगरमा अहिलेसम्म कम्तीमा दुई जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उता अमेरिकाको महत्वपूर्ण शहर न्यूयोर्क पनि सार्वजनिक विद्यालयहरु बन्दको घोषणा गरिएको छ । न्यूयोर्क सिटीमा मेयर विल डे ब्लासियोले आगामी अप्रिल २० तारिखसम्म नगरअन्तर रहेका सबै सार्वजनिक विद्यालय बन्द गर्न निर्णय जानकारी गराउनुभयो ।

उहाँले अहिले धेरै संवेदनशिल भएकाले कोरोना भाइरसको सं क्रमण फैलिन नदिन यस्तो निर्णय गर्नु परेको बताउनुभयो । रासस÷एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *