Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरस रोक्न सरकार ता´तियो, ३६ जना विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइयो

Spread the love

काठमाडौँ । विश्वभर म हामारीको रुप लिएको कोरोना भाइरस कोभिड-१९ को रोकथामको लागि सरकारले विमानस्थलमा क´डा नि´गरानी थालेको छ । यसै बीच त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रो´क लगाएर फिर्ता पठाएको छ ।

उनीहरुलाई कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल आएको हुनाले फिर्ता पठाइएको हो । छिमेकी मुलुक चिनबाट सं क्रमण सुरु भएको कोभिड – १९ अहिले युरोप लगायत विश्वभर फैलिरहेको छ । त्यसैले नेपाल भ्रमणको लागी आउने विदेशी पर्यटकहरुले अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र साथमा ल्याउनु पर्ने अन्यथा उनीहरुलाई आफ्नै देश फिर्ता गर्ने नीति बनाएको छ ।

विदशी नागरिकले अनिवार्य कोरोना भाइरसबाट सं क्रमित नभएको स्वास्थ्य प्रमाणपत्र (हेल्थ रिपोर्ट) बुझाउनुपर्ने निर्णय कन्सुलर सेवा विभागमार्फत नेपालस्थित विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा पत्राचार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *