यूएईमा को’रोना सं*क्रमित २ नेपालीको यस्तो छ अ’वस्था, धेरै नेपालीको रोजगारी गुम्ने चि’न्ता

यूएईमा कोरोना स’ङ्क्रमित दुई नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना भा’इरसको स’ङ्क्रमण देखिएका दुई नेपालीको उपचार यहाँको सरकारी संयन्त्रले व्यवस्थित रुपमा निःशुल्क गरिरहेकोले अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले जानकारी दिनुभयो ।

संक्र’मित आफैं परिवारसँग नियमित सम्पर्कमा रहेकाले दुवै नेपालीको पहिचान भने खुलाइएको छैन । यूएईले यहाँ रहेका सबै कुटनीतिक नियोगहरुसँग अनलाइन संवाद गर्ने व्यवस्था गरेको छ । यूएईमा कोरोना सं’क्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने, तथा सम्बन्धित देशले चाहेमा सम्बन्धित देश फर्काउने लगायतका विषयमा सम्बन्धित देशका नियोगका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

सङ्क्र’मणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकसमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् ।

वार्षिक बिदा लिन बाँकी रहेकाहरुलाई तल्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत बेतलबी बिदा लिन भनिएको छ। कम्पनीले आफ्नो देशको अवस्था हेरेर घर फर्कन अथवा स्थानीय बिदामा बस्न भनेपछि धेरै श्रमिकको रोजगारी गुम्ने कुराले चिन्तामा परेका छन् खासगरी सेवा प्रदायक क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेका हुन् ।

होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षा गार्डमा काम गर्ने नेपाली श्रमिकहरुमा कोरोनाको असर देखिन्छ । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र सुनसान हुन थालेका छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।यूएईमा सोमबार बिहानसम्म ९८ जनामा कोरोना स ङ्क्र’मण देखिएको छ भने स ङ्क्र’मित मध्ये २३ जना निको भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *