Butwal Sandesh

Best Nepali Online Newspaper

मुक्तिनाथबाट नायक पल शाहले भने -‘दु´ख नभएको कसैको पनि जिवन हुँदैन, तर पनि हामी जिवनमा दु´ख नआओस् भन्न चाहन्छौं’ (भिडियो)

Spread the love

काठमाडौं । दु´ख नभएको कसैको पनि जिवन हुँदैन । तर पनि हामी जिवनमा दु´ख नआओस् भन्न चाहन्छौं । मुक्तिनाथ पुगेपछि मैले मेरो मन शान्त भइरहेको छ । म सानो कुराहरुले पनि खुसी हुने मानिस हो । मुक्तिनाथ पुगेका नायक पल शाहले भनेको शब्द हो यो । फागुन ३० गते म यस्तो गीत गाउँछु २ हलमा रिलिज गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

तर अहिले विश्वब्यापी भएको कोरोनाको प्रभावका कारण नेपालमा पनि सरकारले भिडभाडका कार्यक्रम नगर्नु, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्नु भनेर अपिल गरेका कारण फिल्मको रिलिजको मिति सर्यो । यहिँ मौकामा चलचित्र निर्माता सहित टिम नै मुक्तिनाथ मन्दिरको दर्शनका लागि पुगेको छ ।

निर्माता सुदर्शन थापाले सरकारको अपिलको मान्यता राख्दै फिल्मको रिलिज नगरेको बताए । उनीहरुले अहिले कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने कुरा निर्धारण नगरेको बताएका छन् । विश्वनै कोरोना मुक्त भएको दिन नै फिल्म रिलिज हुन सक्ने उनीहरुको भनाई छ । उनले कोरोनावाट नेपालीलाई मुक्तिनाथले बचाइराखेको र अझै पनि सबै नेपालीको रक्षा होस् र फिल्म सफल होस् भनेर आफुहरु मुक्तिनाथ पुगेको बताए ।

संगै रहेका नायक पलले विश्वनै कोरोना मुक्त होस् भन्ने कामना लिएर मुक्तिनाथ पुगेको बताए । उनीहरुको टिम पोखरा हुँदै मुक्तिनाथको दर्शनका लागि पुगेको थियो ।

पुजाले मुक्तिनाथ जतिवेला जाँदा पनि नयाँपनको अनुभव हुने बताइन् । उनले प्रत्येक फिल्म रिलिज हुने अघि मुक्तिनाथ पुग्ने गरेको बताइन् । पुजाले मुक्तिनाथको वाइसधारामा नुहाएको पनि बताइन् ।

सुदर्शनले आफु यस अघि १० पटक पुगिसकेको बताए । पुजाले पनि यस अघि थुप्रै पटक मुक्तिनाथ पुगेको भएपनि उनले प्रेम गीत फिल्मको सुटिगंको लागि मुक्तिनाथ पहिलो पटक पुगेको बताइन् ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *