Butwal Sandesh

Best Nepali Online Newspaper

दुवै मि´र्गौला फे´ल भएपछि १९ वर्षीया सुस्मिता जी´वन ब´चाई दिन आ´ग्रह ! सके सहयोग गरौ नसके शेयर गरौ !

Spread the love

जिल्लाको माछापुच्छ गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रो`गबाट पी´डित एक किशोरीले आफ्नो जीवन ब´चाइदिन याचना गर्नुभएको छ । सो रो´गको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जी´वन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो ।

चिकित्सकका अनुसार उहाँको दुवै मि´र्गौलाले काम गर्न छाडेका छन् । उहाँ गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । उपचारकारका क्रममा चिकित्सकले उहाँका दुवै मि´र्गौलामा स´मस्या रहेको पत्ता लगाएका थिए ।

अहिले उहाँको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्र´त्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पी´डित किशोरीले भनिन् ।

उहाँका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् । कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गर्नुभएको थियो ।

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पी´डित सुस्मिता ब´चाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ«े बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *