Butwal Sandesh

Best Nepali Online Newspaper

डान्सिङ्ग स्टार अब नेपालमा । पहिलो नेपाली संस्करणमा ज्योति मगरदेखि ऋषि धमलासम्मका डान्स हेर्न पाइने !

Spread the love

काठमाडौं । पत्रकार ऋषि धमला, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगरदेखि, अभिनेता अनुपविक्रम शाहीसम्म अब आपसी नृत्य प्रतियोगितामा उत्रने भएका छन् ।

बीबीसी स्टुडियोमा फम्र्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाली संस्करण ‘डान्सिङ विथ स्टार नेपाल’ मा यी सेलिब्रेटीको नृत्य हेर्न पाइने भएको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

आइतबार राजधानीमा एक समारोहबीच घोषणा गरिएको यस प्रतियोगिताको निर्णायकको भूमिकामा रहने गौरी मल्ल, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईलाई पनि कार्यक्रममा सार्वजनिक गरियो ।

बाँकी एक निर्णायक चाँडै सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ । कार्यक्रमलाई हिमालय टेलिभिजनले उत्पादन तथा प्रशारण गर्नेछ । बैशाखको पहिलो साताबाट कार्यक्रम प्रशारण हुने आयोजकले जनाएको छ ।

बेलायत, अमेरिका, अष्ट्रेलियासहित डान्सिङ विथ स्टारको संस्करण विश्वका ६० बढी मुलुकमा प्रशारण भइरहेको छ ।

भारतमा यो रियालिटी सो ‘झलक दिखलाजा’ को नाममा प्रशारण हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *