`का´नेखुशीमा रा´जनिती गर्नेसंग अब कहिल्यै स´हकार्य हुन सक्दैन’ – रमेश खरेल (भिडियो)
काठमाडौं । नेपाल प्र हरीका पूर्व डिआईजी रमेश खरेल यतिबेला भ्र ष्टाचारविरुद्धको सामाजिक अभियानमा होमिएका छन् । भर्खरै ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका खरेल क्यानाडा नेपालसँग प्रत्यक्ष कुराकानीमा आएका छन् ।
क्यानाडा नेपालमार्फत प्रसारण हुने कार्यक्रम राष्ट्रको सवालसँग कुरा गर्दै संयोजक खरेलले देशमा भ्र ष्टाचार बढेको र सुशासन हुन नसकेको बताएका हुन् । खरेलले राजनीति गर्ने नेता नै ठीक नभएको बताए ।
‘हाम्रो अहिलेका नेताहरू ठीक छैनन् मुख्य दो´ष वर्तमान शासकहरूलाई नै जान्छ, सरकारले भ्र´ष्टचारमा शून्य सहनशीलता भने पनि त्यो बोलेर मात्र हुँदैन, अप्लाई गर्नुपर्छ देखिनुपर्छ, जनतालाई फिल हुनुपर्छ, भनेको सुन्दासुन्दा कान नै पाकिसक्यो अब एक्शनमा जानुपर्छ भनेर अघि बढ्नुपर्छ भनेर यो अभियानको शुरूआत हुनुपर्छ,’ उनले भने ।
खरेलले ज्ञानेन्द्र शाहीसँग अब सहकार्य हुन नसक्ने पनि प्रष्ट पारे । ‘जब अभियान घोषणाको अन्तिम समय आयो त्यसपछि कानेखुशी गर्न थालियो, ४–५ जना मान्छेहरूले यो गर्नुपर्छ त्यो गर्नुपर्छ, यो भएन त्यो भएन भन्न थालेपछि म त एउटा सिपाई हुँ म कानेखुशी जान्दिनँ । ग्रुपमा बसेर कुरा गर्न थाले त्यसपछि हामी उहाँहरूसँग रहन सकेनौं’ संयोजक खरेलले भने ।
बाँकी तलको कुराकानी हेर्नुहोस्-