Butwal Sandesh

Best Nepali Online Newspaper

महाबिर पुनको कमाल: राष्ट्रिय आबिस्कार केन्द्रमा बने यस्ता अति उपयुक्त मेचिन जो गुन्द्रुक बनाउने देखि बाँदर धपाउनेसम्म [ भिडियो सहित ]

Spread the love

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ हिजो राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ।त्रिभुवन विश्वविद्यालय हाताभित्र स्थापना गरिएको आविष्कार केन्द्रको शुक्रबार त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठी डेनमार्कका प्रो.डा.फ्लेमिङ तोप्से डेभिड कोवास तथा केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गरे।

आज ऐतिहासिक कामको सुरुवात भएको छ यसलाई निरन्तरता दिनुपर्छ निमित्त उप कुलपति त्रिपाठीले भनिन अब कसैको प्रतिभा कुन्ठित हुदैंन। केन्द्रले नेपालभित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्छ।उनले यसअघि नै देशमा आविष्कार केन्द्रको आवश्यकता रहेको बताउदै ढिला भएपनि उदाहरणीय काम भएको जानकारी दिईन्। नेपाल विकास तथा सम्वृद्धिको यात्रामा अघि बढिरहेको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने वैज्ञानिक तथा सीपको उचित मूल्यांकन हुने छ उनले भनिन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेनमार्कका गणितिज्ञ प्रो.डा.फ्लेमिङ तोप्सले आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। नेपाल साँच्चिकै सुन्दर छ र यसको सुन्दरतालाई कायम राख्न सबै मिलेर काम गर्नुपर्छ फ्लेमिङले भने नेपालले विकासको गति लिदै छ, जसको एक उदाहरण आविष्कार केन्द्रको स्थापना हुनु पनि हो।उनले विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गरी लाभ लिनु पर्ने भन्दै केन्द्रको कामले सबैलाई उत्प्रेरणा प्रदान गर्ने जानकारी दिए।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूले धेरै ठूलो काम नगरेको बताउँदै नयाँ विचार र प्रतिभा भएकाहरुका लागि सानो काम गर्ने जमर्को गरेको बताए। नेपालभरि एउटै आविष्कार केन्द्रले पुग्दैन् यसलाई देशभरि विस्तार गर्दै लैजानुपर्छ पुुनले भने आविष्कार गर्न शैक्षिक योग्यता हुनैपर्छ भन्ने छैन। नयाँ विचार सिप भएका जो सुकैले आविष्कार गर्न सक्छन्।उनले नेपालमा पढेलेखेका तथा डाक्टर इन्जिनियरले मात्रै आविष्कार गर्छन भन्ने भ्रम रहेको समेत बताए। आविष्कार केन्द्रले नेपालमा नयाँ प्रविधिको विकास गर्नुका साथै आर्थिक क्षेत्रमा समेत सहयोग पुर्‍याउने जानकारी दिए।

‘केन्द्रले निर्माण गरेको प्रविधि प्रदर्शन गर्न मात्रै राखिदैन। यसले आर्थिक क्षेत्रमा समेत काम गर्न सक्नु पर्छ। प्रविधि बजारमा विक्रि भई टिक्नुपर्छ’ पुनले भने।हाल आविष्कार केन्द्रले मेडिकल ड्रोन कुखुराको दाना बनाउने गुन्दु्रक बनाउने अगरबत्ती बनाउने सेलरोटी पकाउने मेसिनका साथै वासिङ मेसिन र पानी फिल्टर गर्ने मेसिन निर्माण गरेको छ।त्यस्तै बाँदर तर्साउने प्रविधि, पानी तताउने प्रविधि अनलाइन टिकट बुकिङ प्रणाली अनलाईन सपिङ प्रविधि सब्जीकोठी प्रविधि तथा वेवी वार्मर जस्ता प्रविधिको आविष्कार गरेको केन्द्रले बताएको छ।

पुनले ज्ञान, सीप र कला भएका सबैलाई सम्मान गर्नुपर्ने भन्दै युवालाई आफ्नो सीप तथा नयाँनयाँ विचारलाई प्रयोग गर्न आग्रह गरेका छन।केन्द्रले नयाँ आईडियालाई सधै सहयोग र सम्मान गर्छ आविष्कार केन्द्रले आविष्कार गरेको प्रविधिले उत्पादन गर्नुका साथै रोजगारीको समेत सिर्जना गर्छ उनले भने आविष्कार शब्द कागजमा मात्रै सिमित थियो अब व्यवहारमा उतार्छौ।’करिब डेढ करोडको लागतमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *