शिशिर भण्डारीले अ´नाथ बच्चाहरुलाई खाना खुवाउँदै आफ्नो जन्मदिन मनाए (भिडियो हेर्नुस)

चर्चित कलाकार तथा सामाजिकअभियन्ता शिशिर भण्डारीले आफ्नो जन्मदिन मनाएका छन् । सामाजिक कामहरुले सबैको मनमा बसेका शिशिरले जन्मदिनमा यस्तो स्ट्याटस लेखे-२०४५ साल चैत्र १ गते आजकै दिन मैले यो धर्तीमा जन्म लिएँ । म सोच्छु, मेरो जन्म मेरो लागि भएको होईन्, सयौं हजारौं दुखी, पिडितहरुको सेवा गर्न भएको हो । मलाई जन्मदिनु हुने आमा बुवाप्रति ठुलो सम्मान । हजुरहरुलाई सधै सुखी र खुशी राख्न सकुँ । मेरो जीवनको अन्त्यसम्म पनि अरुकै सेवा गरिरहन सकुँ । मेरो राम्रो कामलाई सदैव साथ, सपोर्ट दिनुहुने हजुरहरु सबैप्रति सम्मान । भगवानसँग प्रार्थना गर्छु, यो सँसारमा कुनै पनि मानव जाति, पशुपंक्षीहरुलाई दुख कष्ट नपरोस्

शिशिरले बाल आश्रममा गएर जन्मदिनको खुशी साटे, फेसबुकमा उनले लेखेका थिए-आफ्नो जन्मदिनको खुशी अ´नाथ तथा परिवार बिहिन बालबालिकाहरुसँग साटे । काँडाघारीमा रहेको ‘फ्युचर होप नेपाल’मा पुग्दा सबै नानी बाबुहरुले मलाई मामा भन्दै आत्मिय स्वागत गर्नुभयो । भान्जा भान्जीहरुसँग केक काटें, गीत गाउँदै रमाईलो गरें अनि सबैलाई भोजन पनि गराएँ । आश्रमकी आमा रिता सिवाकोटी र मिठो केक उपहार दिनुहुने मामा भान्जा केक्स नेपाललाई मुरी मुरी धन्यवाद । आफ्नो २ छोरा सँगै शिशिर भण्डारीले अनाथ बच्चालाई खाना खुवाउँदै जन्मदिन मनाए (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *