Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइ´रस निको पार्ने औषधि पत्ता लगाएको अन्वे´षकहरुको दा´बी

Spread the love

काठमाडौं । वैज्ञानिकहरुले कोरोना भाइ रसको पहिचान गर्ने र त्यसबाट बचाउने औषधि पत्ता लगाएको दावी गरेका छन् ।

कोरोनाको सं क्रमणबाट विश्व आ´क्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइ´रस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् ।

चिकित्सकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा भने परीक्षण गर्न बाँकी नै रहेको बताइएको छ । मानव शरीरमा तत्कालै परीक्षण थालिए पनि परिणाम आउन भने महिनौं लाग्न सक्ने बताइएको छ ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।

उनीहरुले कोरोना भाइ´रस (कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइ´रस भनेका छन् ।

अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स म´हामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मूल पार्ने औषधि बनाउन पनि काम गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *