कमेडी च्याम्पियनका जज सन्तोष पन्तको खुलाशा, ‘हिमेशको भोट १० लाखले बढी छ, कसरी खबपुले जित्छ ?’
‘कमेडी चेम्पियन’को उपाधिमा खबपुका समर्थकले बिरोध गरेपछि निर्णायक सन्तोष पन्तले हिमेशको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दाबि गरेका छन् ।
भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन् । खबपुका समर्चाथकले चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग गरिरहेको बेला निर्णायक पन्तले इसेवाको भोट हेर्न आग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस ।’
पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए । ‘कमेडी चेम्पियन’ पहिलो सिजनको बिजेता हिमेश पन्त । उनले भने ‘हामीले हेर्दाखेरि १० लाख भोटको डिफरेन्सको भोट छ’ ।
उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको बताए । भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दोष नरहेको उनले सुनौलो नेपाललाई स्पस्ट पारे ।
यो पनि पढ्नुहोस :कमेडी च्याम्पियनको नतिजा : दर्शक निरास, भने सिजन २ नबनाउ ! खबपुलाई हराउन धाँदली भएको भन्दै समर्कथकहरुले मेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका थिए ।
उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए । ‘कमेडी चेम्पियन’ को फिनालेमा पुगेका खड्क बहादुर पुन (खबपु) । भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए ।
इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए ।